कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाईते भएका विद्यार्थीको मृत्युु



कञ्चनपुरमा निजी (बोर्डिङ स्कुल)का शिक्षकको कुटाइबाट घाइते बनाएका विद्यार्थीको ज्यान गएको छ ।

भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीलाई प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेपछि उनि घाईते भएका थिए ।

कुटपिटबाट कलौनीको टाउको र छातीमा चोट लागेको थियो भने दायाँखुट्टा भाँचिएको बुवा बृहस्पति कलौनीले बताए । घाईते कलौनीको भारतमा उपचारको क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।

विद्यालय बाहिर साथीभाइसँग झै–झगडा गरेको विषयलाई लिएर विद्यालयका प्रधानाध्यापक सहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको आफन्तले बताएका थिए । नौ कक्षामा अध्ययनरत कलौनीलाई गत शुक्रबार विद्यालयमै कुटपिट गरेको उनका बुवा बृहस्पति कलौनीले बताए ।