५१७ कोरोना संक्रमिमत थपिए, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४६० जना र ८१७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८० हजार ९८४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६०८ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण पछि निको हुनेको संख्या १५३ रहेको छ ।

कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार ३१८ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ रहेको मन्त्रालयले जनाएको छ ।