मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै



काठमाडौं । मिथिलाञ्चलमा भोलि जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्वको रुपमा लिने गरिन्छ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइने चलन रहीआएको छ ।

थारू समुदायले भने यसलाई सिरुवा पर्व भनी मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । नँयावर्ष संगैै शुरु हुने जुडशीतल पर्वको तयारीले मैथिल (मिथिलाका बासिन्दा) व्यस्त छन् । प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति) मा मनाइने पर्वको तयारी चैत मसान्तसँगै मिथिलामा देखिएको हो ।

उल्लास र सहकालको प्रतीक मानिने यो पर्वको तयारीमा महोत्तरीसहितका प्रदेश–२ का मिथिला क्षेत्रमा जताततै बजारु चहलपहल पनि बढेको छ । बढ्दो गर्मी र लगातार बड्दो तातो हावाबीच शुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ । नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मी सामना गर्ने खालका बनाउने चलन छ ।

जुडशितलको पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जांै, मकै, कागुनो, गहुँ, चामल र मुगसहित सातथरी खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् ।

पहिलो दिन सातु र सर्वत् दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । दोस्रो दिन (वैशाख–२ गते) घरपरिवारका श्रेष्ठ जनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिँदै यो पर्व सम्पन्न गरिन्छ ।

पर्वको दोस्रो दिन अर्थात वैैशाख–२ गते घरघरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस्् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ ।
मिथिलामा सबै जाती समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ ।