स्मरण: जब मिस्टर आरजेलाई रेडियोमा काम गर्न २५ हजार रुपैयाँ धरौटी मागियो



मिस्टर आर.जे । पुरा नाम, राजेन्द्र भट्ट । उनि एक र्याप गाएक । नेपाली सांगीतिक क्षेत्रमा उनि झण्डै एक दशक देखि सक्रिय छन् । राजेन्द्र सांगीतिक क्षेत्रमा प्रवेश गर्नु पहिले एक संचारकर्मी हुन् । उनको संर्घषको एउटा स्मरण नेपालपथले प्रश्तुत गरेको छ ।

झन्डै १२ वर्षअगाडि कञ्चनपुरको एउटा एफएममा कार्यक्रम चलाउथे उनि । कार्यक्रम चलाउनका लागि आरजेलाई र्डियोको व्यवस्थापन टिमले सुरुमा २५ हजार रुपैयाँ धरौटी राखेर मात्रै काम गर्न दिने सर्त राखेको उनि सम्झन्छन् ।
उनि भन्छन् “निम्न वर्गीय परिवारको मलाई २५ हजार रुपैयाँ धरौटी राखेर रेडियोमा जागिर खानु आकाशको फल आँखा तरी मर भने जस्तै भयो । रेडियोमा जागिर नपाउँदै बाहिरिनु परेको पीडाले होला रेडियोमा काम गर्ने भोक झन् धेरै जाग्यो ।”

एक अन्तरवार्तामा उनले भनेका छन् त्यसपछि मैले कन्चनपुरकै अर्को रेडियोमा काम सुरु गरेँ । त्याहाबाट पनि बाहिरिनु पर्ने हो कि भन्ने चिन्ताले बढो होसियारपूर्वक काम गरेँ ।
(मिस्टर आरजे) का पुथ्रै गीत चर्चामा छन् । निसान भट्टराईको ‘भुन्टी’, चलचित्र ‘कृ’ को ‘यति यति पानी’ पिच गर्दिन्छु रोड’ लगाएत ।