कांग्रेसको आव्हनमा ३ दलको बैठक बस्दै



काठमाण्डौ । कांग्रेस सभापति शेर बहादुर देउवाको बोलावटमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको बैठक आज बस्दै छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा तीन दलको संयुक्त बैठक दिउँसो ३ बजे बस्न लागेको देउवाको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि तीन दलको बैठक बस्न लागेको हो । आजको बैठक नयाँ सरकार गठनमा केन्द्रीत हुने नेताहरुले बताएका छन् ।