कांग्रेस केन्द्रीयसमितिको बैठक चैत ३० का लागी सारियो



काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ३० गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहिवार एक विज्ञप्ति जारी गरी चैत २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत ३० गते बस्ने गरी सारिएको जानकारी गराएका छन् ।

बैठकमा पार्टीको आसन्न महाधिवेशन, मुलुकको समसाययिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताए ।