थारू र मधेशी आयोगका वार्षिक प्रतिवेदन पेश



काठमाडौं । ‘मधेशी र थारू आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन’ प्रतिनिधिसभामा पेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।

त्यस्तै प्रतिनिधिसभाले राष्ट्रियसभाका पूर्वउपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति एक मिनेट मौनधारण गरी शोक प्रस्ताव पनि पारित गरेको छ । विस २०४८ मा राष्ट्रियसभामा निर्वाचित भई उपाध्यक्षसमेतको जिम्मेवारी सम्हालेका पूर्ववाणिज्य तथा आपूर्ति राज्यमन्त्री प्रधानाङ्गको ९६ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत ३० गते सोमबार दिनको १ बजे बस्नेछ ।