वाग्मती प्रदेशसभा बैठक बिहिवारपनि अवरुद्ध



काठमाडौं । वाग्मती प्रदेशसभाको आज बसेको बैठकपनि अबरुद्ध भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो ।

बैठक शुरु भएपछि विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण राखेलगत्तै बैठक अवरुद्ध गरिएको हो । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको जानकारी गराए ।

बैठक शुरुमै विशेष समय लिएर बोलेका प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए ।

उनले अहिलेको सरकारले मदन भण्डारी फाउण्डेशनलाई रु ५० लाख रकम एमाले पार्टीलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने प्रयोजनका निमित्त के–के मापदण्ड तयार गरेर दिइएको हो संसद्मा प्रष्ट पार्न माग गरे ।