संसद्लाई काम गर्न नदिएको भन्दै प्रचार गरियो : लालबाबु पण्डित



काठमाडौँ । नेकपा एमालेका सांसद् लालबाबु पण्डितले एकतर्फी रूपमा संसद्को काम नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद् पण्डितले संसद्मा बाधा अवरोध छन् भने जानकारी हुनुपर्ने होइन भने एकतर्फी संसदको काम नहुने भनाई राखे । पण्डितले भने,’एकतर्फी रूपमा सरकारले काम दिएन अनि एकतर्फी रूपमा जनताको समस्या संसद् र सरकारले बुझ्न सकिएन भने के हुन्छ ? त्यो पूर्वाग्रह बाहेक केही हुँदैन । ’

उनले सातौं अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका बताए । कतिपय सन्धि सम्झौता अनुमोदनका निम्ती पर्खिरहेको स्थिति छ,’ उनले भने,’दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रूपमा अहिले पर्खेर बसिरहेको छ । सवा लाखभन्दा बढी युवाहरू कुरिरहेका छन् र आँसु झारिरहेका छन् ।’

संघीय निजामती सेवा विधेयक लामो समयदेखि सदनमा रहेको पनि उनले बताए । विभिन्न समितिले संसद्मा प्रतिवेदन पठाइरहे पनि सरकारले संसद्लाई काम गर्न नदिएको भन्दै प्रचार गरिएको उनको भनाई थियो ।

उनले संसद्मा आएका आसा भरोसाका विधेयक अगाडि बढाउने काममा कसैले नरोकेको बताए । पूर्वाग्रह हटाउनेको अगुवाइ सभामुखले लिनुपर्ने भनाई राखे । सरकारका मन्त्री र प्रधानमन्त्री र संसद्लाई दोष दिएर उम्किन पाउने स्थिति नभएको उनले बताए ।