तथ्य र तथ्यांकमा टेकेर बहस गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेता थापाको निम्तो



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीलाई संसदमा बहसमा आउन चुनौती दिएका छन् । संसदको बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा भएका कामका विषयमा बहसमा आउन चुनौती दिएका हुन् ।

सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै ‘संसदबाहिर हुक्के चिलिमे राखेर माथि बसेर गफ दिने अनि तल बसेर ताली पिट्ने ? संसदमा हामी बालकविता सुनाएर बस्ने होइन, संसदलाई छलेर भागेर होइन ।’ ३ वर्षमा केके काम भए भन्ने विषयमा तथ्य र तथ्यांकमा टेकेर बहस गर्न निम्तो दिन्छु उनले भने ।

उनले २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । सांसद थापाले केहीदिन भित्रमा प्रधानमन्त्रीले तामाकोशी जलपिवद्युत आयोजनामा समेत उद्घाटनको यस्तै तमासा देखाउने दाबी गरे । तर राष्ट्रिय गौरवका आयोजनाहरुमा सरकारको ध्यान जान नसकेको बताए । उनले अहिलेको सरकारले मात्रै काम नगरेको भन्ने होइन तर हाम्रो काम लगाउने निकायको क्षमतामा समस्या रहेको बताए ।