एनसिसी बैंक र आगन्तुक रिसोर्टबीच सुविधा सम्झौता



काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसिसी) र बनेपामा रहेको आगन्तुक रिसोर्टबीच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरूमा सम्झौता भएको छ। बैंक र रिसोर्टबीच एनसिसी बैंकको डेबिट तथा क्रेडिटकार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङका ग्राहक र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो।

रिसोर्टले फुडएण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थक्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौनाजाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त एनसिसी बैंकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन् आकर्षित भइरहेका छन्।