पत्रकार महासंघ प्रतिष्ठान प्रदेशमा अधिकारी प्यानल विजयी



काठमाडौं :  नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिमा अध्यक्ष बालकृष्ण अधिकारी नेतृत्वको प्यानल विजयी भएको छ।

प्रतिष्ठान प्रदेश समिति उपाध्यक्षमा वीरेन्द्र ओली, महासचिवमा रामकुमार शाही विजयी भएका छन्। त्यसैगरी, प्रतिष्ठानको महिला उपाध्यक्षमा रुक्मिणी पोखरेल, खुलातर्फका सचिवमा नरेन्द्र मानन्धर, समावेशी सचिवमा पार्वती खड्का र कोषाध्यक्षमा केशवप्रसाद बोहरा विजयी भएका छन्। सदस्यमा भने पत्रकार रामचन्द्र अर्याल, मुरारी दुलाललगायत पाँचजना सर्वसम्मत भइसकेका छन्।