बर्दिया शाखाको अध्यक्षमा प्रेस युनियनका आचार्य विजयी



बर्दिया । नेपाल पत्रकार महासंघ बर्दिया शाखाको अध्यक्ष पदमा प्रेस युनियनका यादव आचार्य निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी भीमबहादुर ठकुरीलाई २६ मतान्तरले पराजित गर्दै यादव आचार्य निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष यादवले ५८ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ठकुरीले ३२ मत प्राप्त गरे। बर्दियाका ९६ मतदातामध्ये ९१ जनाले मतदान गरेका थिए।

यस्तै, उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी मुकुन्द सुवेदीलाई ९ मत अन्तरले पराजित गर्दै चिरञ्जीवी भावुक योगी निर्वाचित भएका छन्। योगीको पक्षमा ४९ मत खसेको थियो भने मुकुन्द सुवेदीले ४० मत प्राप्त गरे। यस्तै, सचिवमा निकटतम प्रतिद्वन्द्वी यज्ञ सापकोटालाई ८ मत अन्तरले पछि पार्दै सन्तोष पौडेल निर्वाचित भए। सापकोटाका पक्षमा ४० र पौडेलका पक्षमा ४८ मत खसेको हो।

सहसचिवमा मीनप्रसाद अधिकारीलाई १८ मत अन्तरले पछि पार्दै विष्णु प्रसाद अधिकारी निर्वाचित भएका छन्। अधिकारीको पक्षमा ३५ मत खसेको थियो भने विष्णुप्रसाद अधिकारीको पक्षमा ५३ मत खसेको थियो। कोषाध्यक्षमा केशव कोइलालाई १८ मत अन्तरले पछि पार्दै शीतल थापा निर्वाचित भएका छन्। थापाले ५४ मत प्राप्त गरे।