पत्रकार महासंघ गोरखाको अध्यक्षमा सापकोटा विजयी



गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उमेद्वार सापकोटाले प्रेस सेन्टर नेपालका उमेद्वार दीपक श्रेष्ठलाई पाँच मतको अन्तरले पराजित गरेका हुन्।

गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ (जलन)  ले १२ मत प्राप्त गरेका थिए।

अध्यक्ष पदका लागि अनुपमा खनाल, श्रेष्ठ र नरहरि सापकोटाले मनोनयन दर्ता गरेका थिए। अध्यक्ष पदमा मनोनयन गरेकी अनुपमा खनालले उम्मेद्वारी फिर्ता लिएकी थिइन्।

सापकोटा ‘दरौँदी’ दैनिकका कार्यकारी सम्पादक, रेडियो गोरखाका सहायक स्टेशन मेनेजर, नागरिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका सचिव हुन्।