आहा रारा गोल्डकप : संकटा फाइनलमा प्रवेश

एपिएफ प्रतियोगिताबाट बाहिरियो


काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको बुधबारको सेमिफाइनलमा संकटा क्लब एपीएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । संकटा क्लबसँग २–० गोलको हारसँगै एपिएफ बाहिरिएको हो ।

खेलको पहिलो हाफको ३३ औं मिनेटमा संकटाका सुवास गुरुङले गोल गरी टीमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ९० औं मिनेटमा संकटाकै आशिष राईको पासमा ग्लोरीले अर्को गोल थपेर जीतलाई झनै सुनिश्चित बनाए ।

खेलमा म्यान अफ दि म्याच संकटाका अमित तामाङ बने । बिहीबारको अर्को सेमिफाइनल खेल नेपाल पुलिस र अफ्रिकन रुट्स एसोसिएसनबीच हुनेछ ।