धादिङमा जिप दुर्घटना, १ को मृत्यु, १३ घाइते



काठमाडौँ । धादिङमा बुधबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १३ जना यात्रु घाइते भएका छन् । अपराह्न धादिङ बेंसीबाट रुविभ्याली (बोराङ) जाँदै गरेको ग १ ज ६२७० नम्म्बरको जिप डुन्डुरे (गासिली)मा दुर्घटना हुँदा रुवीभ्याली ६ माकपुर गाउँ निवासी २४ वर्षीय अनिल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख महेन्द्र खड्काकाअनुसार घाइतेहरु सामान्य अवस्थामा रहेको छन् । चालक देउबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।