आगलागीमा परेर प्यूठानमा दुई बालबालिकाको मृत्यु



काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । बुधबार बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनका सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । घरमा अभिभावक नभएको बेला आगलागी भएको बालबालिकाको ज्यान गएको गिरीले बताए ।