गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै



काठमाडौं । गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन । बुधबार भएको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनिहरुले राजिनामा दिने भएका हुन् ।

गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका छन । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले संसदीय दलमा छलफल भएको तर राजीनामाको टुंगो नलागिसकेको बताए । तर माओवादीले प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने जनाएको छ ।