च्याम्पियन्स लिगमा रियल मेड्रिडको सहज जित, सेमिफाइनलमा पुग्ने सम्भावना बलियो



काठमाण्डौ । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिडले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इङ्ग्लिस क्लब लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन भिनिसियस जुनियरको दुई गोल र मार्को एसेन्सियोको एक गोल रह्यो । लिभरपुल भने मोहमद सलाहले गरेको एक गोलमै सीमित रह्यो । यो जितसँगै रियल मेड्रिडको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । लिभरपुललाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने चुनौती थपिएको छ ।