कालीकोटमा फेला पर्यो दुर्लभ हाब्रे



काठमाडौं । कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो ।

लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले जानकारी दिए ।

दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताए । हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।