इमानदारितासाथ संघर्ष गरेकालाई आगामी दिनमा अगाडि बढाउने प्रचण्डको संकल्प

रामबहादुर थापालाई गृहमन्त्री बनाएकोमा पछुतो


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले रामबहादुर थापालाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका छन् । रुकुम पश्चिम पुगेका दाहालले पार्टीभित्र आफूलाई साथ दिएकालाई अवसर नदिई घेराबन्दी गर्नेलाई पार्टी र सरकारमा अवसर दिएकोमा पछुतो भएको बताएका हुन् ।

पार्टीबाट सांसद भएर नेकपा (एमाले)मा लागेका चार मन्त्रीहरूलाई निष्कासनको पत्र संसद् सचिवालयलाई पठाएर रुकुम पूर्वतिर लागेका दाहालले फटाहा–फटाहा टाइपका मान्छेहरूलाई प्राथमिकता दिएको जस्तो भएको बताए ।

रुकुम पश्चिममा जनप्रशिक्षण कार्यक्रममा मंगलबार बोल्दै दाहालले संविधानसभाको निर्वाचन २०७० सालमा आफुलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको बताएका हुन् ।

पार्टीप्रति, लाइनप्रति इमानदार भएर लागेका, दुःख गरेका कार्यकर्ताहरूलाई मैले प्रत्येक नियुक्ति, पार्टीमा नियुक्ति गर्दा र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा अलिकति गल्ती गरेको भन्दै आगामी दिनमा हिजो युद्ध र आन्दोलनमा इमानदारितासाथ लडेका जनता र कार्यकर्तालाई अगाडि बढाउने संकल्प गरेका छन् ।