ओखलढुंगाकोमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, चालक घाइते



काठमाडौं । ओखलढुंगा मानेभन्ज्याङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिप चालक गम्भीर घाइते भएका छन् । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुके बजारबाट ढुसेनी गाउँतर्फ गइरहेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी ७१ वार्षिय बिनामाया मगर, ५० वर्षकी टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर रहेका छन् । त्यसैगरी घाइते हुने चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिएका छन् । सामान बोकेर गइरहेको जिप बाटोबाट करिब तीन सय मिटर तल खसेको थियो ।