माथिलो चाकु विद्युत् आयोजना सम्पन्न, राष्ट्रिय प्रसारण लाइनमा जोडियो



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिए ।
प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ ।