खप्तड जोड्ने सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशन



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढीदेखि झिग्राना हुँदै खप्तड जोड्ने सडकको काम चाँडो सक्न निर्माता कम्पनीलाई निर्देशन दिएका छन् ।

उक्त सडकको मुख्यमन्त्री भट्टले मंगलबार विहान अनुगमन तथा निरीक्षण गरी तोकिएको समयमा काम सक्न निर्देशन दिएका हुन् । उनले खप्तड सडक चाँडो पिच गरिए त्यहाँ पुग्ने खपर्यटकलाई सहज हुने भएकोले कालोपत्रेको काम चाँडै सक्न भनेका हुन् ।

अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा सञ्चालनमा रहेका योजना तोकिएको समयमै नसक्नेलाई कारवाही गरिने समेत बताएका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई मध्यनजर गर्दै कालोपत्रेसहित निर्माण भईरहेको उक्त सडक २००७६ सालमा करीब ७८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ ।