नेपाल समूहले बागमतीमा पनि समानन्तर कमिटी बनाउदै



काठमाडौं ।  नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ।

खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।

बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ।

दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ।