बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि



काठमाडौं । स्पेनिस लालिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले हराएको हो ।

बार्सिलोनाको जीतमा फ्रेन्च फरवार्ड ओसमान डेम्बेलेले ९०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए ।

बार्सिलोनाले रियल भालाडोलिडलाई खेलको अधिकांश समय दबाबमा राखेको भएपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । यो जीतसँगै बार्सिलोनाको २९ खेलबाट ६५ अंक पुगेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि छ भने तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ ।