‘लकडाउनमा जाने अवस्थामा नपुर्‍याऔँ’



काठमाडौं । प्रतिनिधिसभामा सोमबार विशेष समय लिएर सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले जनस्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेतावनी दिए ।

उनले आउँदो जेठ–असारमा पुनः कोरोना उच्च बिन्दुमा पुग्न सक्ने देखिएको बताए । सङ्क्रमण पछिल्लो दिनमा बढिरहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रहसमेत गरे ।

छिमेकी मुलुक भारतमा सङ्क्रमण उच्च गतिमा बढिरहेको भन्दै उनले सचेत रहन सबैलाई आग्रहसमेत गरे । कोरोनाविरुद्धको खोप खरिदसम्बन्धी अध्यादेश सदनमा पेस नभएको भन्दै उनले असन्तुष्टि समेत जनाए ।

मापदण्ड पालना गर्नुपर्ने बाटै उल्लङ्घन भएको पनि उनको भनाइ छ । लकडाउनमा जाने अवस्थामा नपुर्याउन पनि उनले आग्रह गरे । सदनमा जवाफका क्रममा उनले भने, ‘लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने रहेछ ।अर्थतन्त्र र सामाजिक जीवनमा पारेको प्रभाव यसअघिकै आउन बाँकी छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।