पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै अनेरास्ववियुद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी फिर्ता गर्न माग गर्दै खनाल–नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
विद्यार्थीहरुले बबरमहलस्थित नेपाल आयल निगमको कार्यालयअगाडि प्ले कार्ड बोकेर पेट्रोलियम पदार्थको मुल्यवृद्धी विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २÷२ रुपैयाँ बढाएको थियो । नयाँ खुद्रा बिक्री मूल्य क्रमशः पेट्रोल १ सय २० र डिजेल÷मटितेल १०३ रुपैयाँ कायम गरेको छ ।