इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी, तयारी प्लाई जलेर नष्ट



काठमाडौं । सुनसरीको इटहरी खनारस्थित तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ । बिहान सवा सात बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक केशव कटुवालले बताए ।

आगो नियन्त्रणमा लिन नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । स्थानीयवासीले समेत नियन्त्रणमा सहयोग गरिरहेका छन् । आगलागी नियन्त्रणमा लिन सुनसरी,मोरङ र झापाबाट १३ वटा दमकल आएका छन् ।

आगलागीबाट उद्योगमा रहेको तयारी प्लाई जलेर नष्ट भएको भएको छ । उद्योगबाट सामानहरु निकाल्ने काम भइरहेको र आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।