कृतिमानी आरोही कामीरिता २५ औँ पटक सगरमाथा आरोहणका लागी प्रस्थान



काठमाडौं । विश्व किर्तिमानी नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथा आरोहणका लागी प्रस्थान गरेका छन् ।आइतबार ५० वर्षीय कामीरिता यसपटक बहराईनको राजकुमार सम्मिलित टोलीमा सम्मिलित रहेर सगरमाथा आरोहणका लागी गएका हुन् ।

विगत केही वर्षदेखि आफ्नो किर्तिमान आफैंले भंङ्ग गर्दै आएका शेर्पा गत वर्ष २४ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए । यससँगै शेर्पाले एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरेका थिए ।

त्यो पनि अर्को रेकर्ड थियो । पहिलोपल्ट सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले त्यसपछि बिभिन्न अन्तर्राष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दै आईरहेका छन ।