भारतको छत्तीसगढमा नक्सलवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या, ३१ घाइते, २१ वेपत्ता



काठमाडौं । भारतमा नक्सलवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले जानकारी दिएका छन् ।

उनका अनुसार घटनामा परी अरु ३१ जना घाइते भएका छन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताएका छन् । उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।