यस कारण माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो ।

नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषाले जानकारी दिइन्। उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन आइतबारको स्थायी कमिटी बैठकबाट फिर्ताको निर्णय लिने चर्चा थियो । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घाेषणा गरेका थिए।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आजै कुनै निर्णय नगर्ने बताएका छन्। उनले आजको आजै समर्थन फिर्ता लिनेबारे निर्णय हुने सम्भावना नरहेको बताए।