लमही-घोराही सडकखण्ड मर्मतका लागि आजदेखि ५ दिन बन्द



काठमाडौं । दाङको सदरमुकाम घोराही प्रवेश गर्ने मुख्य सडक लमही-घोराही सडकखण्ड मर्मतका लागि आजदेखि बन्द गरिएको छ। जीर्ण सडक मर्मत सम्भारका लागि पाँच दिनसम्म बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

सडकखण्डका विभिन्न मोडहरुमा कालोपत्र उप्किएपछि सडक खाडल र धुलाम्मे भएको छ । तत्काल मर्मतको काम थालिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । सडक २६ गते बेलुकादेखि खुल्ने उल्लेख छ ।