सुदूरपश्‍चिममा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि



काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा ३ जनामा कोरोना भाइरसको नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कञ्‍चनपुर, डडेल्धुरा र डोटीका एक एक जनामा संक्रमण पुष्टि भएको हो । उनिहरु भारतबाट त्रिनगर नाका हुदै नेपाल भित्रिएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाका प्रवक्ता नरेन्द्र कार्कीका अनुसार त्रिनगर नाकाबाट भित्रिएका २० जनाको नमूना परीक्षणका लागि पठाइएकोमा तीन जनामा भेरियन्ट देखिएको हो । उनीहरू अहिले होम आइसोलेसनमा छन् ।

भारतबाट फर्कने नेपालीको एन्टीजेन परीक्षण गर्दै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको संक्रमण बढेपछि मजदुरीका लागि गएका धमाधम स्वदेश फर्कन थालेका हुन् ।