अब देखि तेस्रोपटक लकडाउन, राती ११ घण्टा कर्फ्यू



एजेन्सी । कोरोना भाइरस महामारीको तेस्रो लहरको सामना गरिरहेको फ्रान्समा तेस्रोपटक लकडाउन भएको छ ।

संक्रमण नियन्त्रणको प्रयास स्वरुप फ्रान्समा तेस्रोपटक लकडाउन भएको हो । नयाँ लकडाउन अनुसार चार हप्ताका लागि सबै विद्यालय तथा अत्यावश्यक बाहेकका पसल बन्द हुने छन् । यस्तै बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु हुनेछ ।

पछिल्ला दिनमा संक्रमण तथा गम्भीर बिरामीको संख्या तीव्र गतिमा बढ्दा अस्पतालहरुमा आइसियू तथा शैय्याहरुको अभाव हुन थालेको छ ।तर राष्ट्रपति इम्यानुएल म्याक्रोँले अस्पतालहरुलाई थप शैय्या उपलब्ध गराउने बताएका छन् ।