एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ ।
शनिबार राति भएको खेलमा पिएसजीले शीर्ष स्थानको लिलेसँग घरेलु मैदानमा १–० ले हार बेहोरेको हो ।
लिलेको जितमा २० औँ मिनेटमा डेविडले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि शीर्ष स्थानको लिलेको ३१ खेलबाट ६६ अंक भएको छ ।
दोस्रो स्थानको पिएसजीको ६३ अंक छ । खेलको ९० औँ मिनेटमा नेइमारले रातो कार्ड पाए ।
लिलेका टिएगो जालोलाई धकेलेका कारण नेइमारले रातो कार्ड पाएका हुन् ।
यस्तै लिलेका जालोले पनि रातो कार्ड पाए ।