एजेन्सी । कोपा डेल रेको उपाधि रियल सोसिडाडले जितेको छ ।
फाइनलमा सेभियालाई १–० ले हराउदै रियल सोसिडाडले शनिबार ३४ वर्षपछि पहिलो पल्ट यो उपाधि उचालेको हो।
‘भारत रिभ्यु’ पछि प्राप्त पेनाल्टीमा मिखेल ओयारजाबलले निर्णायक गोल गरे र सन् २०१९–२०२० को उपाधि सोसिडाडको नाममा रह्यो । बिलबाओ यसै सिजनको कोपा डेल रेको फाइनलमा पनि पुगिसकेको छ ।
अब उसले अप्रिल १७ मा हुने फाइनलमा बार्सिलोनाको सामना गर्नेछ ।