चलचित्र ‘अनन्त’को शनिबारदेखी छाँयाङ्कन सुरु



काठमाडौं । किपालय प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म ‘अनन्त’को शनिबारदेखी छाँयाङ्कन सुरु भएको छ । फिल्ममा अभिनेता कर्मा तथा अभिनेत्री लक्ष्मी बर्देवाले पहिलो पटक एउटै स्क्रिन शेयर गर्दै छन् ।

थिएटरको पृष्ठभूमिबाट आएका दुवैले एक–अर्कासंग काम गर्न पाँउदा खुशी व्यक्त गरेका छन् । टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्मलाई जेसन लोप्चनले निर्देशन गर्दैछन् ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्मलाई बबिन दुलालले खिच्दैछन् । फिल्मलाई नव विजय श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

सह निर्माताको रुपमा रन्जन ढुंगाना र शीतल खड्का रहेका छन् । तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माताको रुपमा रहेका छन् । रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसरको भूमिकामा रहेका छन् ।

जीवन अधिकारीको समेत अभिनय रहने फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् ।