नेपाल-खनाल समुहले दुई महिनामा तीन ठूला सभा गर्ने



काठमाडौँ । नेकपा (एमाले)को झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभर संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । समूहको स्थायी कमिटी सदस्यहरूको शनिबारको बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको हो ।

कलंकीमा भएको बैठकले पार्टीका अन्तरविरोधलाई लिएर कार्यकर्तालाई प्रशिक्षित गर्ने निर्णय लिएको पनि नेता भट्टराईले जानकारी दिए ।
साथै चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने भएको छ ।

आगामी दुई महिनाका लागि विभिन्न कार्यक्रम तय गरिएको र त्यसका लागि जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय भएको पनि भट्टराईले जानकारी दिए । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा एकलौटी गरिरहेको भन्दै खनाल–नेपाल समूहले पार्टीभित्रको अन्तरविरोधका विषय प्रकाशित गर्ने र कार्यकर्तामाझ बाँड्ने भएको हो । यी सबै गतिविधि पार्टी एकता जोगाउनका निम्ती गरिन लागिएको खनाल–नेपाल समूहले जानकारी दिएको छ ।

साथै यो समुहले दुई महिनाको अवधिमा तीनवटा ठूला सभा गर्ने निर्णय पनि लिएको छ । वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने यो समूहले वैशाख १३ गते मनमोहन अधिकारी स्मृतिमा विराटनगर र जेठ ३ गते मदन–आश्रित दिवसका अवसरमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको बैठकले एमालेको एकतामा जोड दिएको बताउँदै नेता भट्टराईले अहिलेको विवाद