१६५ सडक निर्माणको प्रधानमन्त्री ओलीद्वारा शुभारम्भ



काठमाण्डौ । शनिबार एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट स्वीच थिचेर निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लागेको हुन् ।

हरेक निर्वाचन क्षेत्रमा एक÷एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

नयाँ बन्ने सडकहरुको अध्ययन प्रतिवेदन भने तयार भइनसकेको विभागले जनाएको छ ।