दाङमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, २७ जना घाइते



काठमाडौ । शुक्रवार बेलुकी दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दाङको तुलसीपुरदेखि भालुवाङ आउँदै गरेको लु १ ख ९८६३ नम्बरको बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा अन्य २७ यात्रु घाइते भएका छन् । दुर्घटना ज्यान गुमाउनेको पहिचान नभएको घटनास्थलमा रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।