कास्कीमा आफ्नै शिशु हत्या आरोपमा आमा पक्राउ



काठमाडौं । कास्कीमा आफ्नै नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ परेकी छन् । प्रहरीले बाग्लुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई कास्की अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवरलाई पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ ।

उनले आफ्नै ४२ दिनको नवजात शिशुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गीताको केही महिना अघिमात्रै दोस्रो विवाह भएको हो । विवाह भएको ५–६ महिनामै बच्चा जन्मिएपछि हत्या गरेको आरोपीले बयान दिएको एसपी श्रेष्ठले बताए ।