एएफसी कपमा चैत २५ गते त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्ने



काठमाडौँ । एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गतको खेलमा त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ ।
दशरथ रंगशालामा हुने उक्त खेल नकाउटका आधारमा खेलाइने शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिए ।

प्रतियोगिता हेर्नका लागि विशिष्ट श्रेणीका लागि ५०० रुपैयाँ र साधारणतर्फ ३०० रुपैयाँ शुल्क कायम गरिएको जनाइएको छ । प्रतियोगिताका तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । प्रतियोगितामा भाग लिन श्रीलंकन टोली चैत २२ र २३ गते काठमाडौं आउने भएको छ ।