फिल्म ‘आरआरआर’मा अजय देवगनको फर्स्ट लुक सार्वजनिक



काठमाडौं । एसएस राजामौलीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘आरआरआर’ का लागि अजय देवगनको फर्स्ट लुक सार्वजनिक गरिएको छ । अजय देवगनको जन्मदिनमा राजामौलीले ट्वीटरमार्फत फिल्मको मोशन पोस्टर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । भिडियोमा अजय देवगनलाई एक योद्धाको रुपमा चित्रित गरिएको छ ।

पोस्टर सार्वजनिक भएसँगै उनको लुक्सको तारिफ भइरहेको छ । यो उनको पहिलो तेलुगू फिल्म हो । फिल्ममा राम चरण, जूनियर एनटीआर, आलिया भट्ट र श्रिया सरनको पनि मुख्य भूमिका छ । फिल्मको कहानी १९२० को दशकका क्रान्तिकारी अल्लूरी सीतारामा राजू र कोमाराम भीममाथि आधारित छ ।