जाजारकोटको बारेकोटमा दुई समुहविच भएको झडपमा १ जनाको ज्यान गयो, ३ जना घाइते ।



काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिकामा यातायात मजदुरबीच भएको झडपमा एक जनाको ज्यान भएको छ । बारेकोट–२ स्थित देउलाचौरमा झडप हुँदा ३५ वर्षीय नरेश रावलको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले रजानकारी दिए ।

यातायात काउन्टरमा काम गर्ने युवाहरुको दुई समूहको बीचमा गएराती झडप भएको हो । भेरी नगरपलिका–४ बस्ने २४ वर्षीय सुजन कार्की, नलगाढ–४ बस्ने विशाल रावल र नलगाढ–६ बस्ने विशाल रावल घाइते भएका छन् ।

नरेशको शव बारेकोटको देउला खोलामा भेटिएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नताको आरोपमा ६ जनालाई पक्राउ गरिएको एसएसपी ठकुरीले बताए । घटनास्थलमा प्रहरी निरिक्षक हेरम्बप्रसाद पाण्डेको नेतृत्वमा टोली खटिएको छ ।