१ सय ७९ कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७९ नँया कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६४० पुगेको छ।

त्यस्तै २४ घण्टामा १ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन् यो सँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ पुगेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ४७ रहेको छ । अहिलेसम्म ३ हजार ३१ जना संक्रमितको मृत्यु भएकोे छ ।