३ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने प्रधानमन्त्री ओलीको घोषणा



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी ३ वर्षभित्रमा काठमाडौंमा ल्याउने बताएका छन् । उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काटमाडौंमा ल्याउने बताएका हुन् ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले प्राविधिक रुपमा समय कति लाग्छ भन्ने यकिन नभएपनि यथासक्य तीन वर्षभन्दा बढी लाग्न नहुने बताएका हुन् ।