राष्ट्रपति भण्डारीद्वारा मेलम्चीको पानी वितरण कार्यको शुभारम्भ



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरण कार्यलाई विधिवत रुपमा उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले धारा खोलेर पानी वितरण अभियानको शुभारम्भ गरेकी हुन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गरेकी हुन् । उद्घाटन समारोहमा राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुको समेत उपस्थिती रहेको छ ।

यससँगै काठमाडौं उपत्यकाबासीको तीन दशक भन्दा लामो समयदेखिको सपना पुरा भएको छ । जसबाट काठमाडौं उपत्यकामा लामो समयदेखिको खानेपानीको समस्या समाधान हुने भएको छ ।