केपी ओली एमालेको अवैध अध्यक्ष : खनाल–नेपाल समुह



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले केपी ओली एमालेको अवैध अध्यक्ष भएको बताएका छन् । एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकबाट निस्किएका नेता रावलले सञ्चारकर्मीहरुसँग कुरा गर्दै केपी ओलीले आफूले आफैंलाई अवैध घोषणा गरेको प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीको विधानअनुसार महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीले गठन गर्ने हो, अध्यक्षले होइन ।’ भन्दै अध्यक्षले एकपछि अर्को अवैधानिक काम गरिरहेको नेता  भनाइ राखे।
साथै सो समूहले उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि भएको कारबाहीको विरोध गरेको छ । यो केपी शर्मा ओलीको अरुमाथि तानाशाही लाद्ने, निरंकुश, स्वेच्छाचारी चरित्रको द्योतक रहेको भन्दै यसको निन्दा गरेको बैठकबाट बाहिरिएका नेता भीम रावलले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेका थिए । यसअघि उनले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि पार्टीबाट निलम्वित गरेका थिए ।

नेताहरुमाथि भएको कारबाहीले पार्टीको विधान मिच्नुका साथै कम्युनिष्ट आन्दोलनलई नै लज्जित बनाएको रावलले आरोप लगाउँदै उनले भने, ‘नेकपा एमालेको रक्षाका लागि हामीले जुन पाइला चालेका छौं, त्यसलाई अझ गतिशीलताका साथ अगाडि बढाउँछौं ।’