रुरु जलुविद्युत आयोजनाको आइपीओ आज देखि बिक्री खुला



काठमाडौं । रुरु जलुविद्युत आयोजनाको आइपीओ आज देखि बिक्री खुला भएको छ ।

कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन । कम्पनीले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो ।

यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आइपीओ पुरै बिक्री नभएमा वैशाख ३ गतेसम्म बिक्री खुला हुनेछ । रुरु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।